
Ramechhap Chamber of Commerce and Industry
पान नं
६०१६६५९३८
दर्ता नं
२९/०४९-११/२१
हाम्रो बारेमा विवरण
हाम्रो बारेमा
रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजार नेपालको राजधानी काठमाडौबाट १२७ किलोमिटर उत्तर पूर्वतर्फ अवस्थित एक हिमाली जिल्ला भए पनि रामेछापमा हिमाल, पहाड र तराई तीन तहको समय तथा मौसम रहेको हो । समुद्री सतहको सबैभन्दा होचो स्थान लिखु र सुनकोशीको सङ्गम स्थान कोलोन्जोरघाट घठढ मिटरदेखि सबैभन्दा अग्लो स्थान नुम्बुर चुली ट,ढछड मिटर सम्मको नुम्बुर हिमाल सृङ्खला भएको यस जिल्लामा हिमालदेखि बेंसीसम्मको जलवायु विविधता छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण रामेछाप जैविक विविधता, मनोरम प्राकृतिक दृश्यहरु, नेपालको समय मापनको आधार गौरीशङ्कर हिमाल, महाभारतको उच्च पहाड शैलुङ् जस्ता राष्ट्रिय महत्वका स्थलहरुले पनि भरिपूर्ण छ । नेपालकै निजी क्षेत्रको पहिलो खिम्ती जलविद्युत आयोजना, प्रस्तावित तामाकोसी तेस्रो विद्युत आयोजना, राष्ट्रिय महत्वका विकास आयोजना पनि जिल्लामा छन् भने देशकै उच्च गुणस्तरको स्लेट खानी, जटापोखरी, पाँचपोखरी शैलुङ्ग सगरमाथा प्रवेशद्वार हिम आरोहीहरु जन्माउने दुर्लभ रेडपाण्डा र कस्तुरीको वासस्थान गौरीशंकर क्षेत्र, लोपोन्मुख थामी, हायू जातिको उद्गम स्थल ठोसेको फलामखानी रामेछापका राष्ट्रिय पहिचानका विषयहरु हुन् । यसका अतिरिक्त प्रसिद्ध थानापति, खाँडादेवी मन्दिर, जस्ता प्रसिद्ध तीर्थस्थलहरु, संस्कृतिगत विविधताहरु, नुम्बुर चिज सर्किट, पश्चिमी आदिवासी जनजाति पदर्माग, सहकारी संस्थाहरुको नमुनायोग्य विकास जस्ता कारणले रामेछाप मुलुककै पर्यटकीय जिल्लाको रुपमा विकास भइरहेको छ ।
प्रशासनिक संरचनाका हिसाबले बागमती प्रदेशमा अवस्थित यस जिल्लामा ८ वटा स्थानीय तह रहेका छन् । जसमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाहरु रहेका छन् । पूर्व ओखलढुंगा जिल्ला – लिखु खोला, पश्चिम काभ्रे जिल्ला–चौरीखोला, उत्तरमा दोलखा जिल्ला–शैलुङ्ग लेक पानी ढोलो, दक्षिण सिन्धुली जिल्ला–सुनकोसी नदी, उत्तर पूर्व सोलुखुम्बु–लिखु खोला, सीमा रहेको छ । विकास पूर्वाधारका हिसाबले सबै पालिकाहरुमा तथा स्थानीय तहका सबै वडासम्म यातायात, विद्युत, खानेपानी, विद्यालय, स्वास्थ्य सेवा पुगेको छ ।
२०७८ को जनगणना अनुसार १ लाख ७० हजार ३ सय २ जना जनसंख्या रहेको छ । यस जिल्लाका आम मानिसको जीवनयापनको मुख्य स्रोत कृषि नै हो । यसपछि पछिल्लो अवधिमा वैदेशिक रोजगार रहेको छ । आर्थिक विकासको दिगो स्रोतको रुपमा कृषि, पशुपालन, वनस्रोत, हिमाल तथा सांस्कृतिक सम्पदाहरु मुख्य रहेका छन् । सञ्चालनमा रहेका ठूला उद्योगको रुपमा तामाकोसी र खिम्तीमा जलविद्युत आयोजना रहेको छ । साना तथा मझौला उद्योगमा सीमित संख्यामा डेरी, प्लाई, ढुङ्गा खानी, नदीजन्य पदार्थ आदि रहेका छन् । व्यापार क्षेत्रको हिसाबले जिल्लाका ८ वटा स्थानीय तहमध्ये क्रमशः मन्थली नगरपालिकाको मन्थली बजार (सदरमुकाम), रामेछाप नगरपालिकाको रामेछाप बजार साँघुटार बजार, उमाकुण्ड गाउँपालिकाको बाम्ती बजार, गोकुलगंगा गाउँ पालिकाको ठोसे, देउराली, पात्ले भीमसेनस्थान बेताली बजार लिखु तामाकोसी गाउँ पालिकाको खिम्ती, धोवी र, सुनापति गाउँ पालिकाको हिलेदेवी बजार र खाँडादेवी गाउँ पालिकाको सित्खा बजार, दोरम्बा शैलुङ्गको दोरम्बा बजार मुख्य रहेका छन् । सामुदायिक वित्तीय स्रोतको हिसाबले सहकारीहरुको उपस्थिति बलियो रहेको छ ।
हामी के गर्छौं
२०४९ सालमा स्थापना भएको यस संघले आफ्नो जीवनकालको ३२ वर्षे अवधिमा जिल्लाको समग्र विकासका विषय साथै विशेष गरी उद्योग तथा व्यापारको क्षेत्रमा पर्याप्त जानकारी र अनुभव हासिल गर्नुका साथै यसको विकास र विस्तारमा उल्लेख्य योगदान गरेको छ । ती मध्ये संगठन विस्तार, एक गाउँ एक उत्पादन कार्यक्रम, पर्यटन प्रबद्र्धन कार्यक्रम, नापतौल नवीकरण, कर कार्यालय स्थापना गराउने अगुवाई, कोसेलीघर स्थापना आदि क्षेत्रमा गरेका योगदानहरु संघका महत्पूर्ण उपलब्धिका रुपमा अभिलेख भएका छन् । जिल्लामा उद्योग तथा व्यापार प्रवर्धनको मुख्य उद्देश्य लिई निरन्तर कार्य गर्दै आएको यस संघले आफ्ना सदस्यहरुको हकहित संरक्षण र विकासका लागि कटिबद्ध भइ क्रियाशील रहँदै आएको छ । संघमा हाल जिल्लाका ८ स्थानीय तहमध्ये प्रत्यक्ष रुपमा सबै स्थानीय तहका कूल १,७३९ सदस्य रहेका छन् । समावेशी विधिबाट निर्वाचन मार्फत् गठन हुने जिल्ला कार्य समितिमा २१ सदस्यीय कार्य समिति रहेको छ । संघको आफ्नै भवन, कार्यालय र नियमित कर्मचारी रहेका छन् । उद्योग तथा व्यापार प्रवर्धन विषयमा जिल्ला मेला प्रदर्शनी जस्ता कार्यक्रमहरु आयोजना गर्न संघमा पर्याप्त अनुभव र दक्षता रहेको छ ।
हाम्रो लक्ष्य
जिल्लाका वहुसंख्यक उद्योगी व्यापारीहरू सम्मिलित, आत्मनिर्भर आधारभूत सुविधायूक्त भवन भएको आवश्यकतामा आधारीत सेवा प्रदान गर्न सक्ने सचिवालय र स्थानीय निकायसँग सहयोगात्मक एवं समन्वयात्मक सम्बन्ध भएको एक गतिशिल र सेवामुखी संस्थाको रूपमा विकसित गर्ने ।
हाम्रो उद्देश्य
रामेछाप उद्योग,व्यापार व्यवसायीहरूको व्यवसायीक हक हितको संरक्षण तथा सम्बद्र्धन गदैं जिल्लाको आर्थिक तथा सामाजिक विकासको माध्यमबाट देशको आर्थिक विकासमा योगदान पु्याउने रामेछाप उद्योग वाणिज्य संघको मूलभूत उद्देश्य हुनेछ ।
Get In Touch
Address
मन्थली-१, चेम्बर मार्ग , रामेछाप
Phone
+९७७-०४८-५४००२८ /+९७७-०४८-५४०४९७ /९८५४०४३०२८