रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजार नेपालको राजधानी काठमाडौबाट १२७ किलोमिटर उत्तर पूर्वतर्फ अवस्थित एक हिमाली जिल्ला भए पनि रामेछापमा हिमाल, पहाड र तराई तीन तहको समय तथा मौसम रहेको हो । समुद्री सतहको सबैभन्दा होचो स्थान लिखु र सुनकोशीको सङ्गम स्थान कोलोन्जोरघाट घठढ मिटरदेखि सबैभन्दा अग्लो स्थान नुम्बुर चुली ट,ढछड मिटर सम्मको नुम्बुर हिमाल सृङ्खला भएको यस जिल्लामा हिमालदेखि बेंसीसम्मको जलवायु विविधता छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण रामेछाप जैविक विविधता, मनोरम प्राकृतिक दृश्यहरु, नेपालको समय मापनको आधार गौरीशङ्कर हिमाल, महाभारतको उच्च पहाड शैलुङ् जस्ता राष्ट्रिय महत्वका स्थलहरुले पनि भरिपूर्ण छ । नेपालकै निजी क्षेत्रको पहिलो खिम्ती जलविद्युत आयोजना, प्रस्तावित तामाकोसी तेस्रो विद्युत आयोजना, राष्ट्रिय महत्वका विकास आयोजना पनि जिल्लामा छन् भने देशकै उच्च गुणस्तरको स्लेट खानी, जटापोखरी, पाँचपोखरी शैलुङ्ग सगरमाथा प्रवेशद्वार हिम आरोहीहरु जन्माउने दुर्लभ रेडपाण्डा र कस्तुरीको वासस्थान गौरीशंकर क्षेत्र, लोपोन्मुख थामी, हायू जातिको उद्गम स्थल ठोसेको फलामखानी रामेछापका राष्ट्रिय पहिचानका विषयहरु हुन् । यसका अतिरिक्त प्रसिद्ध थानापति, खाँडादेवी मन्दिर, जस्ता प्रसिद्ध तीर्थस्थलहरु, संस्कृतिगत विविधताहरु, नुम्बुर चिज सर्किट, पश्चिमी आदिवासी जनजाति पदर्माग, सहकारी संस्थाहरुको नमुनायोग्य विकास जस्ता कारणले रामेछाप मुलुककै पर्यटकीय जिल्लाको रुपमा विकास भइरहेको छ ।
प्रशासनिक संरचनाका हिसाबले बागमती प्रदेशमा अवस्थित यस जिल्लामा ८ वटा स्थानीय तह रहेका छन् । जसमा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकाहरु रहेका छन् । पूर्व ओखलढुंगा जिल्ला – लिखु खोला, पश्चिम काभ्रे जिल्ला–चौरीखोला, उत्तरमा दोलखा जिल्ला–शैलुङ्ग लेक पानी ढोलो, दक्षिण सिन्धुली जिल्ला–सुनकोसी नदी, उत्तर पूर्व सोलुखुम्बु–लिखु खोला, सीमा रहेको छ । विकास पूर्वाधारका हिसाबले सबै पालिकाहरुमा तथा स्थानीय तहका सबै वडासम्म यातायात, विद्युत, खानेपानी, विद्यालय, स्वास्थ्य सेवा पुगेको छ ।
२०७८ को जनगणना अनुसार १ लाख ७० हजार ३ सय २ जना जनसंख्या रहेको छ । यस जिल्लाका आम मानिसको जीवनयापनको मुख्य स्रोत कृषि नै हो । यसपछि पछिल्लो अवधिमा वैदेशिक रोजगार रहेको छ । आर्थिक विकासको दिगो स्रोतको रुपमा कृषि, पशुपालन, वनस्रोत, हिमाल तथा सांस्कृतिक सम्पदाहरु मुख्य रहेका छन् । सञ्चालनमा रहेका ठूला उद्योगको रुपमा तामाकोसी र खिम्तीमा जलविद्युत आयोजना रहेको छ । साना तथा मझौला उद्योगमा सीमित संख्यामा डेरी, प्लाई, ढुङ्गा खानी, नदीजन्य पदार्थ आदि रहेका छन् । व्यापार क्षेत्रको हिसाबले जिल्लाका ८ वटा स्थानीय तहमध्ये क्रमशः मन्थली नगरपालिकाको मन्थली बजार (सदरमुकाम), रामेछाप नगरपालिकाको रामेछाप बजार साँघुटार बजार, उमाकुण्ड गाउँपालिकाको बाम्ती बजार, गोकुलगंगा गाउँ पालिकाको ठोसे, देउराली, पात्ले भीमसेनस्थान बेताली बजार लिखु तामाकोसी गाउँ पालिकाको खिम्ती, धोवी र, सुनापति गाउँ पालिकाको हिलेदेवी बजार र खाँडादेवी गाउँ पालिकाको सित्खा बजार, दोरम्बा शैलुङ्गको दोरम्बा बजार मुख्य रहेका छन् । सामुदायिक वित्तीय स्रोतको हिसाबले सहकारीहरुको उपस्थिति बलियो रहेको छ ।